News
धरान र इटहरीको समान अन्तरको जित

धरान । यहाँ जारी सुनसरी जिल्ला ए डिभिजन लिगमा धरान फुटबल क्लब र इटहरी फुटबल क्लबले आ–आफ्नो खेलमा समान अन्तरको जित निकालेका छन् ।
धरान रंगशालामा भएको खेलमा धरानले टेम्के फुटबल क्लबलाई २–१ ले हरायो । खेलमा धरानका अमित गजमेर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।
त्यस्तै इटहरी रंगशालामा भएको खेलमा घरेलु टोलीले इटहरीले ब्वाईज फुटबल क्लबलाई समान २–१ को अन्तरले हरायो । खेलमा इटहरीका गोलरक्षक दिपेश चौधरी म्यान अफ द म्याच चुनिए । उनले पनि नगद १ हजार र ट्रफी हात पारे ।
Post Comments