News
सी डिभिजन लिग खेलिरहेको बागमतीलाई बागमती कै मेयर थापाको हौसला
काठमाडौं । मोफसलमा रहेर पनि आफ्नो विशेष र फरक पहिचान बनाई निरन्तर अगाडी बढिरहेको बागमती युवा क्लब, सर्लाहीले हाल शहिद स्मारक सी डिभिजन लिगमा सहभागिता जनाईरहेको छ ।
त्यसमा सहभागिता मात्र नभई बागमतीले सी डिभिजन लिगबाट बी डिभिजनमा बढुवा हुने लक्ष्य समेत लिएको छ । र, हाल सी डिभिजन लिगमा बागमतीको प्रदर्शन पनि सन्तोषजनक छ ।
यही सिलसिलामा आफ्नो गृहजिल्ला र नगरको क्लब र खेलाडीहरुलाई हौसला प्रदान गर्नै बागमती नगरपालिका, सर्लाहीका मेयर भरत कुमार थापाले बागमती युवा क्लबका खेलाडीहरुसँग भेटघाट गरेका छन् ।
भेटघाटमा मेयरले खेलाडीहरुलाई हौसला प्रदान गर्नुका साथै आउने दिनमा क्लबका लागि बागमती नगरपालिकाले सकेको सहयोग र समर्थन गर्ने बताए । साथै सबै खेलाडीहरुलाई राम्रो खेल्दै समस्त सर्लाही जिल्ला कै नाम उचों बनाउन शुभकामना पनि दिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान