झापा जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
फाइनलमा धाइजन चारआली एफसी र सैनिक युथ क्लबले भिड्दै छन् । समूह 'क' बाट धाइजन-चारआली र समूह 'ख' बाट सैनिक विजेता बन्दै फाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेशका लागि सैनिकले काँकरभिट्टालाई ६-० गोलअन्तरले पराजित गरेको थियो ।
'हेड टु हेड'का आधारमा सैनिक समूह विजेता बनेको थियो । साविक विजेता शनिश्चरे एफसीले समान अंक पाएर पनि गोल संख्या कम हुँदा समूह विजेता बन्न सकेन । समूह 'ख' मा दमकको गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै धाइजन चारआली ७ अंकका साथ समूह विजेता बनेको हो । अंक तालिका अनुसार गोर्खाले समान ३ खेल खेलेर ४ अंक जोडेको छ । यस्तै, न्यू स्टार क्लबले पनि ४ अंक जोडेर गोल संख्याको आधारमा समूह 'क' मा तेस्रो स्थान सुरक्षित गरेको छ । दमक भाङबारी एफसी भने १ अंकका साथ पुच्छारमा रहँदै रेलिगेशनमा परेको छ ।
यसैगरी, समूह 'ख' मा शनिश्चरे एफसी ६ अंक पाएर पनि समूह विजेता सैनिकसँग गोल संख्याका आधारमा दोस्रो स्थानमा खुम्चिएको छ । काँकरभिट्टाले समान ६ अंक पाए पनि तेस्रो स्थानमा छ । मनास्लु युथ क्लब अंकविहीन रहेर रेलिगेशनमा परेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज दिउँसो ३ः३० बजे फाइनल खेल सञ्चालन हुने झापा जिल्ला फुटबल संघले जनाएको छ । संघका अध्यक्ष भगिरथ आले ‘मामा’का अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा