News १४औं जितपुरसिमरा गोल्डकपः आर्मीको विजयी शुरुवात
गोलनेपाल

जितपुरसिमरा । शनिबारदेखि शुरु भएको जगदम्बा स्टिल १४औं जितपुरसिमपरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामो विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौले विजयी शुरुवात गरेको छ ।

सिमरा रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले बिरगंज युनाइटेडमाथि ३–२ को जित निकाल्दै विजयी शुरुवात गरेको हो । खेलमा आर्मीका दिनेश हेन्जन शुभारम्भ कलेज म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद १० हजार र ट्रफी ।

यो जितसँगै आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत २५ गते आइतबारको खेल सलहेश युथ क्लब र चर्च ब्वाईज युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments