News बर्दिबास तेस्रो सोनापुर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सोनापुर । संघर्षपुर्ण जितका साथ बर्दिबास नगर क्लब, बर्दिबास यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बर्दिबासले पथरी–११ फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बर्दिबासका लागि प्रदिप मिरिचिङ्गले गोल गरे भने पथरी–११ का लागि संजय धिमालले गोल गरेका थिए ।

टाईब्रेकरमा भने बर्दिबासले पथरीमाथि ३–० को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो । खेलमा बर्दिबास बर्दिबासका आकाश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बिरगंज युनाइटेड, पर्सा र इटहरी फुटबलक्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments