News प्लानिङ ब्वाईज भरौल गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । झिनो अन्तरको जितका साथ प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं जारी सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाईजले हानामी बिएफसी, चितवनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्लानिङ ब्वाईजका लागि विदेशी खेलाडी डिकाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता डिका नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २६ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र बिर्तामोड न्यु स्टार क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ३० गतेका दिन हुनेछ ।

Post Comments