News यस बर्ष बेलन डि'अर अवार्ड नहुने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फ्रान्स फुटबलले वार्षिक रुपमा प्रदान गर्दै आएको प्रतिष्ठित बेलन डि'अर अवार्ड क्यालेण्डर बर्ष २०२० मा नबाँडिने भएको छ । यो कुराको पुष्टी स्वयम फ्रान्स फुटबलले गरेको छ ।

विश्व फुटबल कैैैैैैैैैैैैैैैैैैै प्रतिष्ठित फुटबल अवार्डका रुपमा हेरिने बेलन डि'अर अवार्ड कार्यक्रम यस बर्ष नहुनुको कारण कोरोना भाइरस (कोभिड–१९) महामारी नै रहेको फ्रान्स फुटबलले जनाएको छ । 

फ्रान्स फुटबलका अनुसार कोरोना कै कारण यसबर्ष खेलाडीहरुको औषत प्रदर्शनलाई राम्रोसँग मुल्यांकन गर्न नसकिने र यसले फुटबलमा यस बर्ष प्रत्यक्ष प्रभाव पारेका कारण स्थगित गर्नुपरेको बताएको छ । 

पछिल्लो एक दशक यता यो अवार्डमाथि अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले कब्जा जमाउँदै आएका छन् । गत बर्ष यो अवार्ड मेसीले किर्तिमानी छैटौंपटक जित्न सफल भएका थिए । 

त्यस्तै रोनाल्डोले यो अवार्ड कुल पाँचपटक जितिसकेका छन् । गत बर्ष भने रोनाल्डो यो अवार्डको सूचीमा तेस्रो स्थानमा रहे भने लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक दोस्रो रहे । 

गत बर्ष महिलातर्फ यो अवार्ड अमेरिकाकी मेगन रेपिनोले जितेकी थिईन् । इङल्याण्डकी लुसी ब्रोन्ज दोस्रो स्थानमा रहीन भने अमेरिका कै एलेक्स मोर्गन तेस्रो बनेकी थिईन् ।

स्मरणीय छ, फ्रान्स फुटबलले प्रत्येक बर्ष एउटै क्यालेण्डर बर्षमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने पुरुष तथा महिला फुटबल खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ । फ्रान्स फुटबलको यो निर्णयसँगै मेसीले आगामी एक बर्षसम्मका लागि विश्व फुटबलका सर्वोत्कृष्ट पुरुष खेलाडीको ताज आफ्नै नाममा राख्ने निश्चित भएको छ । 

Post Comments