News आर्मीलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

जितपुरसिमरा । मच्छिन्द्र फुटबल क्लब यहाँ जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सिमरा रंगशालामा भएको क्वाटरफाइनलतर्फ मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा मच्छिन्द्रका मनिष डाँगी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २८ गते बुधबारको क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र आयोजक नव जन जागृति युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments