News गोर्खा ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी सातौं भूपु सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको चौथो क्वाटरफाइनलमा गोर्खा ब्वाईजले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

बुटवल–१३ सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा गोर्खा ब्वाईजका लागि अनुज गैरेले दुई गोल गरे भने निराजन खत्री र आफिज ओलावालेले थप एक–एक गोल गरे । पराजित फर्साटिकरका लागि गणेश हमालले एक मात्र गोल फर्काएका थिए ।

खेलमा म्यान अफ द म्याच भने गोर्खा ब्वाईज कै निशान न्यौपाने घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २८ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक भूपू सैनिजक जवई स्र्पोटिङ क्लब, बुटवल र बिपी स्मृति भैरव फुटबल क्लब, नवलपरासी बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments