News प्लानिङ ब्वाईज भरौल गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ प्लानिङ ब्वाईजले धरान फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । प्लानिङ ब्वाईजका लागि दुवै गोल नेपोलियनले गरे । नेपोलियन नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २८ गते बुधबारको दोस्रो सेमिफाइनल खेल आयोजक न्यु स्टार क्लब, सुनसरी र बिर्तामोड न्यु स्टार क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ३० गतेका दिन हुनेछ ।

Post Comments