
पोखरा । पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन भेट्रान्स सेमी फाइनलको यात्रा तय गरेका छन ।
पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए ।
दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए ।
मंगलबार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड