News पुलिस १४औं जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

जितपुरसिमरा । विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सिमरा रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा पुलिसले आयोजक नव जन जागृति युवा क्लब, सिमरालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

प्रतियोगिता अन्तर्गत चैत २९ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौं र फ्रेण्डस क्लब, कुपण्डोल बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments