News सहज जितका साथ बिर्तामोड फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । सहज जित निकाल्दै बिर्तामोड न्यु स्टार क्लब, झापा जारी सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोडले आयोजक न्यु स्टार क्लब, सुनसरीलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोडका लागि आशिष चापागाईंले दुई गोल गरे भने अशोक खवास र मौस लिम्बुले एक–एक गोल गरे । पराजित न्यु स्टारका लागि भुवन बस्नेतले एक मात्र गोल फर्काए ।

खेलमा बिर्तामोड न्यु स्टारका आशिष चापागार्ई म्यान अफ द म्याच घोषित भए । बिर्तामोडले अब यही चैत ३० गते शुक्रबार हुने फाइनलमा प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments