News इटहरी तेस्रो सोनापुर गोल्डकपको फाइनलमा
गोलनेपाल

सोनापुर । उत्कृष्ट जितका साथ इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा इटहरीका लागि दुवै गोल बिदेशी खेलाडीले गरे । इटहरीका लागि फोफोनाले दुई गोल गरे भने सोङ्गले थप एक गोल गरे । खेलमा म्यान अफ द म्याच भने इटहरी कै उमेश कार्की घोषित भए ।

प्रतियोगिता अन्र्तगत चैत २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्लब, सोनापुर र बर्दिबास नगर क्लब, बर्दिबास बीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments