News डिफेन्डिङ च्याम्पियन ढोलाहिटिलाई उपाधी
उमेश पुन

पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

उपाधीसंगै ढोलाहिटिले नगद १ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता हेटौडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा ढोलाहिटिका प्रकाश राना मगर म्यान अफ दी म्याच हुन सफल रहे । त्यस्तै प्रतियोगितामा ढोलाहिटिकै तेज बहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश राना मगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरेभने हेटौडाका शशी गौतम र सञ्जय राना मगरले १—१ गोल गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको बिकासका लागी उल्लेख्य काम हुन नसकेको वताउदै खेलकुदको बिकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको वताइन ।

Post Comments