काठमाडौ । मलेसियन पर्व हरि रायको अवसरमा गोर्खा फुटबल क्लब, मलेसियाद्वारा आयोजित दोस्रो गोर्खाली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जेबि युनाइटेड फुटबल क्लबले जितेको छ ।
मलेसियन शहर बाटु पहाट रंगशालामा भएको फाइनल भिडन्तमा जेबि युनाइटेडले आयोजक गोर्खाली एफसीलाई टाईब्रेकरमा हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने जेबि युनाइटेडले गोर्खालीमाथि ४–३ को जित निकाल्दै चयाम्पियन बन्यो ।
प्रतियोगिताको विजेता बनेको जेबि युनाइटेडले उपाधिसहित नगद २५ हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता गोर्खालीले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
नेपाली समुदायका क्लबहरु बीच आयोजित दुई दिने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने