News पुल्चोकको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ पुल्चोक स्पोर्टस एकेडेमीले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले स्वयम्भु क्लबलाई २–१ ले हरायो ।

पुल्चोकको जितमा शाइरब लो तामाङ र सलिल ढकालले गोल गरे । पराजित स्वयम्भुका लागि सुग्रित मगरले गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

शुक्रबार नै भएको अर्को खेलमा रानीबन स्पोर्टस क्लब र समाज कल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।

Post Comments