News प्लानिङ ब्वाईजलाई सातौं भरौल गोल्डकपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । उत्कृष्ट जित हात पार्दै शुक्रबार सम्पन्न सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंले जितेको छ । फाइनलमा बिर्तामोड न्यु स्टार क्लब, झापालाई ३–१ ले हराउँदै प्लानिङ ब्वाईज च्याम्पियन बनेको हो ।

विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद ४ लाख हात पार्यो भने उपविजेता बिर्तामोडले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । प्लानिङ ब्वाईजका सोङ्ग फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाईज कै लोकेश चौधरी चुनिए । उत्कृष्ट डिफेन्डर आयोजक न्यु स्टार क्लबका रुपेश भुजेल घोषित भए भने उत्कृष्ट मिडफिल्डर बिर्तामोडका सुशिल राई चुनिए ।

उत्कृष्ट फरवार्ड प्लानिङ ब्वाईजका प्रताप राई बन्दा उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि प्लानिङ ब्वाईज कै सचिन्द्र धिमालले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बिर्तामोडका अशोक खवास घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments