News मच्छिन्द्र १४औं जितपुरसिमरा गोल्डकपको फाइनलमा
गोलनेपाल

जितपुरसिमरा । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रले सलहेश युथ क्लब, सिराहालाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा मच्छिन्द्रका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १ गते शनिबारको दोस्रो सेमिफाइनल खेल विभागीय भिडन्तका रुपमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब, काठमाडौं भिड्ने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments