News वरिष्ठ फुटबल अभियन्ता दिलिप राई सम्मानित
गोलनेपाल

बराहक्षेत्र । नेपाली फुटबलमा सक्रिय र खासगरी पूर्वेली फुटबललाई जिवन्त राख्न अहोरात्र खटिने पूर्व खेलाडी तथा वरिष्ठ फुटबल अभियन्ता दिलिप राई गृहजिल्ला सुनसरीमा सम्मानित भएका छन् ।

शुक्रबार सातौं भरौल गोल्डकपको समापन कार्यक्रमको अवसर पारी आयोजक न्यु स्टार क्लब, भरौल, सुनसरीले राईलाई नगद २५ हजार, सम्मानपत्र र दोस्सला ओडाई सम्मानित गरेको हो ।

सम्मान प्राप्त गरेपछि राईले आयोजकसँगै आफ्ना शुभचिन्तकहरु सबैलाई धन्यवाद दिए । सबैको साथ, सहयोग अनि शुभेच्छाले नै आफू निरन्तर फुटबलमा होमिएको बताउँदै राईले आउने दिहरुमा पनि सक्दासम्म फुटबल मै समर्पित रहने बताए ।

Post Comments