News
टिकाराम निर्णायक बन्दा फिदिम फाइनलमा
फिदिम । झिनो अन्तरको जितका साथ घरेलु टोली फिदिम नगरपालिका यहाँ जारी दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा फिदिमले कुम्मायक गाउँपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । फिदिमका लागि टिकाराम मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मगर नै खेलको म्यान अफ द म्याच चुनिए ।
याङनाम फुटबल क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश