News टिकाराम निर्णायक बन्दा फिदिम फाइनलमा
गोलनेपाल

फिदिम । झिनो अन्तरको जितका साथ घरेलु टोली फिदिम नगरपालिका यहाँ जारी दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा फिदिमले कुम्मायक गाउँपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । फिदिमका लागि टिकाराम मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मगर नै खेलको म्यान अफ द म्याच चुनिए ।

याङनाम फुटबल क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।

Post Comments