News इङल्याण्ड सी सँग खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । नेपालले आउँदो मई महिनामा इङल्याण्ड सी सँग उसकै घरेलु मैदानमा खेल्ने मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

टोलीमा पारिवारिक कारण बहराइन जान नसकेका रोहित चन्द समावेश भएका छन् । यद्यपि एरिक बिष्ट, आयुष घलान र दिप कार्की भने यसपटक पनि टोलीमा परेका छन् । त्यस्तै आर्मीका फत्तेमान घलेले पहिलोपटक प्रारम्भिक टोलीमा परेका छन् ।

त्यस्तै विश्वकप छनौटतफ बहराइन विरुद्ध खेलेका अधिकांश खेलाडीहरु यसपटक पनि प्रारम्भिक टोलीमा परेका छन् । स्मरण रहोस, नेपालले आउँदो मई ६ तारीखका दिन इङल्याण्ड सी सँग एल्डरशटमा मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

नेपालको २८ सदस्यीय प्रारम्भिक टोलीः

गोलकिपर्सः किरण चेम्जोङ, अभिषेक बराल, बिशाल सुनार, सन्तोष महत

डिफेन्डर्सः अभिषेक लिम्बु, अनन्त तामाङ, बिमल पाण्डे, बिशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिष श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ

मिडफिल्डर्सः भरत खवास, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की

फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, राजेश परियार

Post Comments