News उत्कृष्ट जितका साथ वार्ड नम्बर ६ सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट जितका साथ वार्ड नम्बर ६ यहाँ जारी छैठौ दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर ३ लाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुहबी–५, सुनसरी स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ६ का लागि वसन्त माझी, रन्जित खत्वे, जितेन्द्र चौधरी र आशिष कनवारले गोल गरे ।

खेलमा वार्ड नम्बर ६ का वसन्त माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १२ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ५ र १० बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments