News भोजपुरलाई हराउँदै चर्च ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । प्रभावशाली जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको चौथो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजका लागि इलारा डिस्का, आवायोमी फाकुन्ले र नविन लामाले गोल गरे ।

खेलमा चर्च ब्वाईजका नविन लामा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख १३ गते बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्ग बीच हुने आयोजकले जानकारी दियो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।

Post Comments