News
जोगियो साबित्राको टोली गुइनग्याम्प
काठमाडौ । फ्रान्सको शिर्ष महिला लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्प रेलिगेशनबाट जोगिएको छ ।
बुधबार राती लिगलिडर लियोनसँग २-१ ले पराजित हुन पुगे तापनी गुइनग्याम्पले अर्को सिजन पनि शिर्ष डिभिजन मै रहने पक्का भएको हो ।
सो खेलमा साबित्रा भने वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफको ७३औं मिनटमा मैदानमा प्रवेश गरेकी थिईन । यद्यपि टोलीको हारलाई भने टार्न सकिनन ।
यो नतिजापछी २१ खेलबाट १६ अंक जोडेको गुइनग्याम्प रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथी १०औं स्थानमा रहेको छ । जित हात पारेको लियोन भने ६१ अंकका साथ शिर्ष स्थानमा छ ।
गुइनग्याम्पले सिजनको अन्तिम खेलमा आउँदो मई ८ तारीखका दिन ले हाभ्रेसँग खेल्दै सिजनको समापन गर्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने