News
प्रथम ब्रदर्श कप जेठ १० गतेदेखि

तम्घास । ब्रदर्श युथ सोसाईटी, तम्घास, गुल्मीको आयोजनामा आउँदो जेठ १० गतेदेखि १४ गतेसम्म प्रथम ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
तम्घास, गुल्मी स्थित चिदीचौर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बहरु 9857079979, 9860413007, 9847523086, 9802590462 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments