News
प्रथम ब्रदर्श कप जेठ १० गतेदेखि
तम्घास । ब्रदर्श युथ सोसाईटी, तम्घास, गुल्मीको आयोजनामा आउँदो जेठ १० गतेदेखि १४ गतेसम्म प्रथम ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
तम्घास, गुल्मी स्थित चिदीचौर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बहरु 9857079979, 9860413007, 9847523086, 9802590462 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)