News बुढानीलकण्ठ वडा व्यापी फुटबल प्रतियोगिता सुरु
गोलनेपाल

काठमाडौं । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ शुरु भएको छ । 

खेलकुद महोत्सवमा समेटिएका कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल मध्य फुटबल प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण सुरु भएको हो । पहिलो दिन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो । वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी भयो । त्यस्तै दिनको अन्तिम खेलमा वडा नम्बर ०९ ले वडा नम्बर ०८ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै जित दर्ता गर्यो । 

Post Comments