News दमक एफए सेमिफाइनलमा
गोलनेपाल

कुम्मायक । दमक फुटबल एकेडेमी, झापा, पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनमामा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो क्वाटरफाइनलतर्फ दमकले डाँगीहाट युथ क्लब, मोरङलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको २७औं मिनटमा सुनिल खड्काको गोलबाट डाँगीहाटले खेलमा अग्रता बनाएको थियो । यद्यपि डाँगीहाट कै बिशाल भण्डारीले दोस्रो हाफको शुरुवाततिरै आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा आएको थियो ।

निर्धारित समयसम्म नतिजा निस्किन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन सकेन । त्यसपछि सडन डेथमा दमक एफएले डाँगीहाटमाथि ५–४ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो । खेलमा दमक फुटबल एकेडेमीका गोलरक्षक चरी लिम्बु म्यान अफ द म्याच घोषित भए ।

यलम्बर युवा क्लब, पाँचथरको आयोजनमा जारी प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। फाइनल खेल यही बैशाख २३ गतेका दिन हुनेछ ।

Post Comments