News
आठौं अरहान्त मेमोरियल कपको तयारी पूरा (खेलतालिकासहित)

वालिङ । वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङ्जाको आयोजनामा हुने आठौं अरहान्त मेमोरियल कप नाईन ए साईड छात्र यु–१२ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
वालिङ खेलमैदानमा लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम र पहिलो दिन तीन खेलहरु हुनेछन् । प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहको शिर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल बैशाख २४ गतेका दिन हुने खेलतालिकामा उल्लेख छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
खेलतालिका हेर्नुहोस् ।
Post Comments