ललितपुर । महालक्ष्मी नगरपालिका र चन्द्रागिरी नगरपालिका यहाँ जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो ।
महालक्ष्मीको जितमा निशान रावल र सगुन केसीले १–१ गोल गरे । खेलमा महालक्ष्मीका निशान रावल म्यान अफ द म्याच समेत घोषित भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।
त्यस्तै शुक्रबार नै भएको अर्को क्वाटरफाइनल खेलमा चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।
चन्द्रागिरीका लागि आयुषमान श्रेष्ठले २ गोल गर्दा समिर कार्की र साहिल रानाले १–१ गोल गरे । खेलमा चन्द्रागिरीका आयुषमान श्रेष्ठ म्यान अफ द म्याच समेत घोषित भए । श्रेष्ठले पनि नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)