News प्रथम सिएसएसए फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । चन्द्र सुर्य स्पोर्टस एकेडेमीको आयोजनामा यही बैशाख २८ र २९ गतेका दिन प्रथम सिएसएसए फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरी–९ स्थित मत्स्य फुटसलमा हुने प्रतियोगिताको यही बैशाख २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments