News वडा अध्यक्ष कप जेठ १० गतेदेखि
गोलनेपाल

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ कार्यसमितिको आयोजनामा तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।

४० वर्षमाथि उमेरसमूहको सिक्स ए साइडको प्रतियोगिताका विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।

चारुमति युवा परिवार र चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जानकारी गराए । छ दिने प्रतियोगिताका खेलहरु चावहिल फुटबल मैदानमा हुनेछ ।

Post Comments