News
सानेपाको साँघुरो जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग अन्तर्गत सानेपा क्लबले साँघुरो र महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा आइतबार भएको एक मात्र खेलमा सानेपाले खालीबारी युथ क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकालेको हो ।
सानेपाको जितमा पेम्बा दोर्जे लामाले एक मात्र निर्णायक गोल गरे र टोलीको खातामा महत्वपूर्ण तीन अंक जोड्न पनि निर्णायक भूमिका खेले ।
यो जितपछि ७ खेलबाट १० अंक जोडेको सानेमा लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । उता पराजित खालीबारी भने ८ अंकका साथ नवौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”