झापाको अर्जुनधारामा जारी झापा जिल्लास्तरीय ए डिभिजन लिगमा सोमबार धाइजन चारआली एफसी र सैनिक एफसीले जित दर्ता गरेका छन् ।
यो खेलसँगै दोस्रो चरणको खेल पनि सकिएको छ । आज भएको पहिलो खेलमा धाइजन चारआलीले न्यू स्टार क्लबलाई १-० गोलले पराजित गरेको हो । उसका लागि सुजन लिम्बूले खेलको १०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलका म्यान अफ दी म्याच धाइजन चारआलीका मनोज राई भए । जितसँगै धाइजन चारआलीले २ खेलमा ४ अंक बटुलेको छ । न्यू स्टार १ अंकमै सीमित छ ।
दोस्रो खेलमा सैनिकले मनास्लु युथ क्लबलाई ३-२ गोलअन्तरमा पराजित गरेको छ । उसका लागि विकेश लिम्बूले खेलको ३ मिनेटर ४४ मिनेटमा दुई गोल गरे भने सुजन लिम्बूको नाममा एक गोल दर्ता भयो । यस्तै, मनास्लुका लागि खेलको ३६औँ मिनेटमा मनोज राई र ८३औँ मिनेटमा मुकेश भुजेलले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सैनिकका विकेश लिम्बू भए ।
यससँगै सैनिकले २ खेलमा ३ अंक जोडेको छ भने मनास्लु अंकविहीन रहेको छ । यस्तै, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर २ खेलमा ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । गोर्खा स्पोर्टिङ क्लबले २ खेल खेलेर ४ अंकका साथ दोस्रो स्थानमा छ भने साविक विजेता शनिश्चरे एफसीले २ खेलमा ३ अंकमात्र जोडेको छ । समूहको पुच्छारमा दमक भाङबारी एफसीले समान २ खेल खेलेर १ अंकमा समेटिएको छ ।
झापा जिल्लास्तरीय ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । अंकका आधारमा २ टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’का अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक