शनिश्चरे । झापाको अर्जुनधारामा जारी झापा जिल्ला ए डिभिजन लिग फुटबलमा धाइजन चारआली एफसी च्याम्पियन बनेको छ ।
आज नमुना खेलमैदानमा भएको फाइनल खेलमा सैनिक युथ क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पन्छाउँदै धाइजन चारआली पहिलोपटक लिग च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । धाइजन चारआली समूह 'क' बाट र सैनिक समूह 'ख' बाट विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए । लिगको सर्वोत्कृष्ट खेलाडी सैनिकका रमेश भण्डारी घोषित भए । सैनिककै विकास लिम्बू सर्वाधिक गोलकर्ता बने ।
यस्तै, उत्कृष्ट गोलरक्षक धाइजन चारआलीका युवराज पुरी, प्लेयर अफ दी फाइनल धाइजनकै निशान तामाङ र बेस्ट कोच धाइजनकै पूर्ण सुब्बा घोषित भए ।
च्याम्पियन बनेको धाइजन चारआलीले नगद ५० हजार र ट्रफी पाएको छ भने उपविजेता सैनिकले नगद ३० हजारमा चित्त बुझाएको छ ।
विजेता तथा उपविजेताहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन, झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले पुरस्कार वितरण गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा