काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगबाट मोफसलका दुई टोली आरसी३२ फुटबल एकेडेमी, सुर्खेत र बागमती युवा क्लब, सर्लाही बी डिभिजनमा बढुवा भएका छन् ।
मंगलबार महत्वपूर्ण मानिएको खेलमा पुल्चोक स्पोर्टस क्लबले सानेपा क्लबसँग १–२ को स्तब्धपुर्ण हार बेहोरेपछि आरसी३२ र बागमती एक खेल अगावै बी डिभिजनमा उक्लिने पक्का भएको हो ।
त्यसो त मंगलबार नै भएको अर्को खेलमा आरसी३२ ले रानीबान स्पोर्टस क्लबमाथि ५–० को एकतर्फी जित हात पारेको थियो ।
लिगतालिकामा १२ खेलबाट २६ अंक जोडेको आरसी३२ शिर्ष स्थानमा रहँदा एक खेल कम खेलेको बागमतीको पन समान २६ अंकका साथ दोस्रो स्थानमा छ । मंगलबार सानेपासँग स्तब्ध बनेको पुल्चोक भने २१ अंकका साथ तेस्रो स्थानमा छ र बी डिभिजनमा उक्लिने पुल्चोकको सपना समाप्त भएको छ ।
स्मरण रहोस, बागमतीले सी डिभिजन लिगमा पहिलो सहभागिता मै बी डिभिजनमा उक्लिन सफल भएको हो । उता आरसी३२ ले भने तेस्रो प्रयासमा बी डिभिजनको यात्रा तय गर्न सफल भएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान