News
मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन
हेटौडा । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा जिल्ला कै सक्रिय रेफ्री समेत रहेका अकिल लाल श्रेष्ठको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठको श्रीमति र एक छोरा छन् ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”