News
मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन
हेटौडा । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा जिल्ला कै सक्रिय रेफ्री समेत रहेका अकिल लाल श्रेष्ठको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठको श्रीमति र एक छोरा छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)