काठमाडौं । फिफा विश्वकप छनौटतर्फ समूह एचमा रहेको नेपालले युएई विरुद्धको दोस्रो लेगको खेलमा पनि समान अन्तरको हार बेहोरेको छ । पहिलो लेगतर्फ युएई कै घरेलु मैदानमा ४–० ले पराजित भएको नेपालले बिहीबार साउदी अरेबियाको दमाम शहरमा फेरि युएईसँग ४–० कै हार बेहोरेको छ ।
नेपालमाथि पूर्ण हावदी देखिएको युएईका लागि खेलको १२ र १४औं मिनटमा हरेब अब्दलाले लगातार दुई गोल गर्दै टोलीलाई शुरुवाती समय मै दुई गोलको स्पष्ट अग्रता दिलाएका थिए । अधिकांश समय दबाबमा रहेर खेलेको नेपाल विरुद्ध युएईले थप दुई गोल दोस्रो हाफमा गर्यो ।
५३औं मिनटमा अलि सालेहले युएईका लागि तेस्रो गोल गरे भने ७५औं मिनटमा हाजिम मोहम्मदले चौथो गोल गर्दै यूएईको सहज जित पक्का गरेका थिए । अब नेपालले समूह चरणको अन्तिम खेल ११ जुनका दिन सोही मैदानमा यमनसँग खेल्नेछ ।
यो नतिजापछि शतप्रतिशत जितका साथ युएई ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा छ । ९ अंकका साथ बहराईन दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको यमन तेस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ । बहराईन र यमनले एक–एक खेल कम खेलेका छन् । र बिहीबार राती नै यमन र बहराईन पनि भिड्ने कार्यक्रम छ ।
(फाईल तस्विर)
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)