News पेनाल्टीमा सिद्धार्थको चुनौति पन्छाउँदै गोर्खा ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

कडा प्रतिस्पर्धाका बीच गोर्खा ब्वाईज क्लब, बुटवल जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित आयोजक क्लबको मैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईजले सिद्धार्थ युवा क्लब, चपरहट्टीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ गोर्खा ब्वाईजका लागि कमल गुरुङ र शिव बोटेले गोल गरे भने पराजित सिद्धार्थका लागि रबिन थापा र अनिश गुरुङले गोल गरे ।

बिहीबारको खेलमा पराजित सिद्धार्थका गोलरक्षक बिक्रम राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज २६ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल सिद्धार्थ एफसी, बाँसगढी र फुलबारी गाईज, बुटवल बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments