News ए डिभिजन लिग : शेर्पा र एपिएफको भिडन्त, मनाङलाई बीबीसीको चुनौति
गोलनेपाल

शहिद स्मारक ए डिभिजन लिगतर्फ आज शुक्रबार पहिलो चरणको अन्तिम दुई खेलहरु हुँदैछन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ११ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको टोली एपिएफ क्लब भिड्दै छन् ।

निश्चित रुपमा दुवै टोलीको ध्यान जितका साथ लिगको शुरुवात गर्ने हुनेछ । साथै दुवै टोली पहिलो चरणको समापन पनि सुखद रुपमा गर्न चाहन्छन् । हिमालयन शेर्पासँग पनि घरेलु फुटबलमा चल्तीका खेलाडीहरु सामेल छन् भने एपिएफमा राष्ट्रिय र अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको छ ।

आजको खेलमा दुवै टोली तीन अंक बटुल्ने योजनामा हुनेछन । जसको अर्थ हुनेछ यी दुवै टोलीको आजको लक्ष्य निश्चित जित ।

त्यसैगरी आज नै दिनको ३ बजे शुरु हुने दोस्रो खेलमा अर्को दावेदार टोली मनाङ मस्र्याङ्दी क्लबले ब्रीगेड ब्वाईज क्लबको सामना गर्दैछ । यो खेलमा मनाङलाई नै बलियो प्रत्याशी मानिएको छ । यद्यपि ब्रीगेडले खेलमा कुनै पनि बेला नतिजा उल्टाउन सक्ने कुरामा मनाङ सतर्क पनि छ ।

मनाङले आजको खेलमा बीगेडलाई कमजोर आँक्न नहुने धेरैको बुझाई छ । तर पनि राष्ट्रिय र अनुभवी खेलाडीहरुले भरिएको मनाङको ध्यान पनि निश्चित जितका साथ लिगको शुरुवाती गर्नेतर्फ छ ।

Post Comments