News युवा जागृती र रेड स्टार सेमिफाइनलमा
गोलनेपाल

धरान । युवा जागृती क्लब र रेड स्टार क्लब यहाँ जारी सुनसरी जिल्ला बी डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा युवा जागृतिले राईजिङ स्पोर्टिङ क्लबलाई २-१ ले हरायो । खेलमा युवा जागृतिका राजकुमार राई प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो क्वाटरफाइनलतर्फ रेड स्टारले युनाइटेड युथ क्लबलाई ३-२ ले निराश बनायो । खेलमा रेड स्टारका जोसन राई प्लेयर अफ द म्याच घोषित भए ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही जेठ ३१ गतेका दिन हुनेछ ।

Post Comments