
काठमाडौ । फिफा विश्वकप छनौटतर्फ समूह एचमा रहेको नेपालले मंगलबार राती यमन विरुद्ध समूह चरणको आफ्नो अन्तिम खेल खेल्यो ।
साउदी अरेबियाको दमाम शहरमा भएको खेलमा नेपालले यमनसँग २-२ गोलको रोमाञ्चक बराबारी खेल्यो र प्रतियोगितामा अंक जोड्दै विश्वकप छ्नौटको यात्रा समापन गर्यो ।
खेलमा शुरुवाती अग्रता यमनले लिएको थियो । खेल शुरु भएको नवौं मिनेटमै नासेर अल गाहवशीले पेनाल्टीमार्फत पहिलो गोल गरे । तर २२औं मिनेटमा सन्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिए तापनि दोस्रो हाफको ६६औं मिनेटमा जिलेस्पी जंग कार्कीको गोलबाट नेपालले खेलमा २-१ को अग्रता बनायो ।
तर त्यो अग्रता नेपालले अन्तिम समयमा गुमाउन पुग्यो । इन्जुरी समयमा मोहम्मद अल-दाहीले यमनका लागि दोस्रो गोल गर्दै खेललाई २-२ को रोमाञ्चक बराबरीमा टुंग्याएका थिए ।
मंगलबार नै भएको समूह एचको अर्को खेलमा युएई र बहराईनले पनि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।
यो नतिजापछी ६/६ खेलबाट १६ र ११ अंक जोडेका युएई र बहराईन क्रमशः पहिलो र दोस्रो स्थानमा छन । सन २०२७ को एसियन कपका लागि छ्नौट भएका छन भने विश्वकप छनौटको तेस्रो चरणमा समेत प्रवेश गरेका छन ।
त्यस्तै ५ र १ अंक जोडेका यमन र नेपाल भने क्रमशः तेस्रो र चौथो स्थानमा छन ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न