News
अन्तर्राष्ट्रिय फुटबलमा किरनको 'शतक' र सम्मान

काठमाडौ । मंगलबार राती फिफा विश्वकप छनौटतर्फ नेपालले यमनसँग खेल्दा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङका लागि ऎतिहासिक र अविष्मरणीय बन्यो ।
त्यो खेल अन्तर्राष्ट्रिय फुटबलमा किरनको १००औं खेल थियो । नेपालका लागि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने किरन पहिलो र एक्ला खेलाडी पनि बने ।
भलै मंगलबारको खेलमा नेपाल र यमनको नतिजा २-२ को बराबरीमा टुंगिए तापनि किरनका लागि भने त्यो विशेष उपलब्धिका रुपमा पनि रहयो ।
सोही अवसरमा किरन सम्मानित पनि भए । नेपाली टोलीसँगै साउदी अरेबिया पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले चेम्जोङलाई सम्मान गरे । सो अवसरमा एन्फाका केन्द्रिय सदस्य विकाश नारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने