News बागमती बन्यो सी डिभिजन लिग च्याम्पियन
गोलनेपाल

काठमाडौ । सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी बागमती युवा क्लब, सर्लाहीले जितेको छ । सी डिभिजनमा बढुवा भएकै सिजन बागमती च्याम्पियन बनेको हो ।

बुधबार आफ्नो अन्तिम खेल खेल्ने क्रममा बागमतीले पुल्चोक स्पोर्ट्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो र लिग उपाधी पक्का गर्यो ।

यो नतिजापछी १३ खेलबाट ३० अंक जोडेको बागमती लिगतालिकाको शिर्ष स्थानमा रहेर लिग विजेता बन्यो । उता पुल्चोक भने २२ अंकका साथ तेस्रो स्थानमा रहेर सिजनको समापन गर्यो ।

स्मरण रहोस, उता बुधबार नै लिग उपाधी होडमा रहेको आरसी ३२ फुटबल ऎकेडेमीले सानेपा क्लबसँग ३-२ को हार बेहोरेपछी बागमतीलाई उपाधी जित्न थप सहज बनेको थियो ।

बागमती र आरसी ३२ यसअघि नै बी डिभिजनमा बढु भईसकेका छन । त्यस्तै गोलबजार स्पोर्ट्स क्लब र रानीवन स्पोर्ट्स क्लब यस सिजन सी डिभिजन लिगबाट रेलिगेशनमा परेका छन ।

Post Comments