News
स्वदेश फर्कियो टिम नेपाल
काठमाडौ । फिफा विश्वकप छनौट अन्तर्गत युएई र यमनसँगको अन्तिम दुई खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा, प्रवक्ता सुरेश साह लगायतले स्वागत गरेका थिए ।
स्मरणीय छ, साउदी अरेबियाको दमाम शहरमा सम्पन्न भएको छ्नौट प्रतियोगिता अन्तर्गतको ६ जुनका दिन भएको पहिलो खेलमा नेपालले युएईसँग ४-० को हार बेहोरेको थियो भने ११ जुनका दिन भएको दोस्रो खेलमा यमनसँग २-२ गोलको बराबरी खेलेको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”