News युवा जागृतिलाई सुनसरी जिल्ला बी डिभिजन लिगको उपाधी
गोलनेपाल

धरान । साँघुरो अन्तरको जित निकाल्दै सुनसरी जिल्ला बी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी युवा जागृती क्लब, धरानले जितेको छ ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको फाइनल भिडन्तमा युवा जागृतिले शहरी प्रतिद्वन्दी मित्र मिलन क्लब, धरानलाई १-० ले हराउँदै उपाधी जित्न सफल भएको हो ।

विजेता बनेको युवा जागृतिले उपाधी सहित नगद २० हजार हात पार्यो भने उपविजेता मित्र मिलनले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

युवा जागृतिका प्रमेश राई फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद १ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ युवा जागृती कै बिनेश चौधरी उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर मित्र मिलनका पिसन मगर बने । उत्कृष्ट मिड्फिल्डर युवा जागृतिका जमिन लिम्बू चुनिदा उत्कृष्ट फरवार्ड मित्र मिलनका मनिष लिम्बू चुनिए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक युवा जागृतिका अशोक लिम्बू बने । उत्कृष्ट बनेका सबैले जनही २/२ हजार र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार मित्र मिलनका सरोज राईले हात पारे । त्यसवापत उनले नगद ३ हजर र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने युवा जागृतिका अदित राई घोषित भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments