म्याङलुङ । तेह्रथुम जिल्लाको म्याङलुङमा जेठ ३ गते देखि शुरु भएको कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा तीन जिल्लाले विजयी शुरुवात गरेका छन् ।
पहिलो खेलमा ट्राईवेकारमा इलमलाइ पराजित गर्दै उदयपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टीमबाट दुइ-दुइ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइवेकर मार्फत निकालिएको थियो। टाईब्रेकरमा ४--३ गोल अन्तरले इलामलाई पराजित गर्दै उदयपुर अर्को चरणमा प्रवेश गरेको हो । उक्त खेलको म्यान अफ द म्याच उदयपुरका सचिन खड्का घोषित भए ।
त्यस्तै दोस्रो खेलमा पाँचथरले भोजपुरलाई पराजित गरेको छ। निर्धारित समयमा दुवै टिमबाट एक-एक गोलको बराबरी भएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । जसमा ५-४ को गोल अन्तरले पाँचथर विजयी भएको हो। उक्त खेलको म्यान अफ द म्याच पाँचथरका निर्देश राई घोषित भए ।
तेस्रो खेलमा ओखलढुङ्गाले एक शुन्य गोल अन्तरले सोलुखुम्बुलाई पराजित गरेको छ। खेलको दोस्रो हाफमा ओखलढुङ्गाका क्याप्टेन राजु राइले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच उनै राजु घोषित भए । प्रत्येक खेलको म्यान अफ द म्याचलाइ नगद पाँच हजार पाँच सय रुपैया सहित ट्रफी प्रदान गरिएको थियो ।
अन्तिम खेल तेह्रथुम र धनकुटा बिच भएको थियो। दोस्रो हाफको केही मिनेटमै साँझ परेर दृश्यता कम भएकोले बाँकी समयको खेल भोलि बिहान ७ बजे खेलाइने आयोजकले बताएको छ। दुवै टीम शुन्य शुन्यको स्थितिमा छन् ।
कोशी प्रदेश खेलकुद विकाश बोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको स(आयोजना तथा खेलकुद विकाश समिति तेह्रथुमको संयोजनमा म्याङलुङ रंगशालामा शुरु भएको प्रतियोगिताको उदघाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ। फाइनल खेल यही असार ८ गतेका दिन हुनेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”