News फिफा वरियतामा तीन स्थान माथी उक्लियो नेपाल
गोलनेपाल

काठमाडौ । फिफा वरियतामा नेपाली पुरुष फुटबल टोलीले आफ्नो स्थान सुधार गर्दै तीन स्थान माथी उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियता अनुसार नेपाल तीन स्थान माथी १७५औं स्थानमा उक्लिएको हो ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा यथावत छ । त्यस्तै फिफा वरियताको १२४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ ।

१६०औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । १८३औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १८५औं स्थानमा रहेको बंगलादेश पाँचौं स्थानमा छ ।

त्यसैगरी १९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा २०५औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

फिफा वरियताको शिर्ष स्थानमा भने विश्वविजेता अर्जेन्टिना यथावत छ । दोस्रो स्थानमा पुर्व विश्वविजेता फ्रान्स छ भने तेस्रो स्थानमा बेल्जियम रहेको छ ।

Post Comments