News फाइनलमा महेन्द्र मावि र मर्निङ स्टार भिड्ने
गोलनेपाल

बराहक्षेत्र । प्रथम बराहक्षेत्र कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा महेन्द्र मावि, तित्रिवन र मर्निङ स्टार स्कुल, चक्रघट्टी भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ महेन्द्र माविले अर्को महेन्द्र मावि, चक्रघट्टीलाई ४–२ ले हरायो । महेन्द्र मावि, तित्रिवनका टेक बस्नेत प्लेयर अफ द म्याच चुनिए ।

दोस्रो सेमिफाइनलमा मर्निङ स्टारले आयोजक जनता मावि, नडाहाको चुनौति ३–० ले समाप्त पार्दै फाइनलमा प्रवेश गर्यो । खेलमा मर्निङ स्टारका बिमल मगर प्लेयर अफ द म्याच घोषित भए ।

अब यही असार १२ गते बुधबार हुने फाइनलमा महेन्द्र मावि, तित्रिवन र मर्निङ स्टार स्कुल, चक्रघट्टी उपाधिका लागि भिड्ने छन् । खेल दिनको ३ बजेदेखि शुरु हुने आयोजकले जानकारी दियो ।

जनता मावि, बराहक्षेत्र–३, नडाहा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ हजार हात पार्नेछ भने उपविजेताले ११ हजार प्राप्त गर्नेछ ।

 

Post Comments