News चेल्सी र छाहारी स्कुललाई उपाधि
गोलनेपाल

काठमाडौं । बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनमा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको छात्रतर्फको उपाधि चेल्सी वल्र्ड स्कुल र र छात्रातर्फको उपाधि छाहारी स्कुल काठमाडौंले जितेको छ ।

कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न खेलमा जोरपाटीस्थित अतरखेलको चेल्सीले नितेन मेमोरियल हाई सेकेन्डरी स्कुल टोखा र जोरपाटीको छाहारीले आयोजक बोधी सदनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

चेल्सीले सडन डेथमा नितेनलाई ४–३ गोलअन्तरले पराजित गर्यो । खेलको पहिलो हाफमा साहिल तामाङले गोल गर्दै नितेन मेमोरियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बिमर्श बम ठकुरीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा चेल्सीले बाजि मार्यो ।

चेल्सीका आदित्य साह, पल्लभ लामा, मानस सापकोटा र बिमर्श बम ठकुरीले गोल गरे । नितेनका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे । नितेन मेमोरियलका करण नेपालीको प्रहार चेल्सीका यशराज साहले बचाए ।

अर्को खेलमा छात्रातर्फ छाहारीले बोधी सदनलाई २–० गोलअन्तरले पाखा लगायो । छाहारीका डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले समान एक गोल गरिन् । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी बिमर्श बम ठकुरी घोषित भए । उत्कृष्ट गोलरक्षक नितिन मेमोरियलका साजन दनुवार चुनिए ।

छात्रातर्फ उत्कृष्ट खेलाडी छाहारीकी डिक्की स्याङ्बो तामाङ घोषित भइन् । उत्कृष्ट गोलरक्षक बोधी सदनकी अस्मिता खडिवडा चुनिइन् । प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Post Comments